बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

Earthquake vector frequency wave graph, seismic activity

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलबार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds