मोरङमा कांग्रेसका प्रदेश सभा उम्मेदवार थापाको निधन

मोरङमा कांग्रेसका प्रदेश सभा उम्मेदवार थापाको निधन

Shekhar-Thapa-Congress

काठमाडौं । प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ।

डेंगु संक्रमण भएर उपचाररत ५८ वर्षीय थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो।

निमोनिया र पायल्स बाट समेत पीडित थापालाई यसअघि काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।

थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ