एक पुरुष ९० बलात्कारका घटनामा दोषी ठहर

एक पुरुष ९० बलात्कारका घटनामा दोषी ठहर

men rape men

सांकेतिक फोटो

काठमाडौं । दक्षिण अफ्रिकाको एक अदालतले एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनामा दोषी ठहर गरेको छ।

जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले मंगलबार ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।

पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् ।

‘उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कुल जाने, फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए। उनले आफ्नै घरमा पनि निशाना बनाए।’ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भनेका छन्।

‘उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे र बलात्कार गर्थे। कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे।’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए। पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ