पोखरा । डोटी केन्द्रविन्दु भएर मङ्गलबार राति गएको भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन् ।
मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पमा परी मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन्।
भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा उनकी ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहराको मृत्यु भएको छ ।
यस्तै सोही ठाउँका ५० वर्षीय प्रेम बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
बेपत्ता रहेका दुई जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ।
भूकम्पमा परी घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
गैरागाउँमा ८ वटा घर भत्किएका छन्। भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ का धेरैजसो घर चर्किएको छ । भूकम्पपछि जोखिम बढेको र घर चर्किएका कारण स्थानीयवासीले चौरमा बसेर रात बिताएका छन् ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते