डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ

डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ

Arrest

काठमाडौं। ओमानबाट आएका व्यक्तिलाई डलर साट्ने बहानामा ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीबाट घर फर्किएका व्यक्तिलाई काठमाण्डौ-२६ स्थित नयाँबसपार्कमा बस कुरिरहेको अवस्थामा डलर साट्ने बहाना गर्दै ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुल्मी जिल्ला ईस्मा गाउँपालिका-६ घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेका छन् ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीको टोलीले उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ बरामद गरेको हो।

पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ