पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुराको जमिन भारतसँग वार्तामार्फत् फिर्ता ल्याउने बताएका छन् । ओलीले सिमानाको रक्षा बन्दुक लिएर मात्र नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरे ।
पोखरामा मंगलबार कार्यकर्तासँग भेटघाट गर्दै ओलीले गुमेको जमिन वार्ताको माध्यमबाट मात्रै फिर्ता सम्भव रहेको बताए । ‘दार्चुला गएर जमिन फिर्ता ल्याउने कुरा गरेको थिएँ,’ ओलीले भने, ‘भोलिपल्टै प्रधानमन्त्री देउवाले बन्दुक लिएर सिमानामा जान भन्नुभएछ । बन्दुकले होइन भारतसँग वार्ता गरेर हामी हाम्रो भूमिको रक्षा गर्छौं ।’ देउवाले ‘प्रचण्ड’को संगत गर्न थालेपछि बन्दुकको कुरा गर्न लागेको भन्दै देउवालाई कटाक्ष गरेका थिए ।
नाकाबन्दीको समयमा पनि देउवा चुइक्क नबोलेको भन्दै ओली आक्रोशित बनेका थिए । ‘घुँडा टेक्नुको पनि सीमा हुन्छ । घुँडा टेक्दा सुरुवाल मात्र होइन छाला नै फाट्ने गरी टेके,’ उनले भने । साथै, सत्तारुढ गठबन्धनको कुनै गन्तव्य नभएको उनले आरोप लगाएका थिए ।
‘गठबन्धन दिशाहीन, विचारहीन र गन्तव्यहीन छ । यो गठबन्धन जनताको चाहना विपरीत छ । एजेण्डा छैनन् । फरकफरक धारका मान्छे फरक फरक घोषणपत्र छन् । कार्यान्वयन कसको गर्ने ? प्रधानमन्त्री बन्नको लागि मात्र यो गठबन्धन हो,’ उनले भने ।
एमालेले एकल बहुमत ल्याउँछ
ओलीले आगामी निर्वाचन पछि एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गरे । आगामी निर्वाचनपछि एमालेले एकल बहुमत ल्याउने र अरु केही साना दललाई सरकारमा सहभागी गराउने ओलीकाे भनाइ छ ।
अहिले नेपाली कांग्रेस लगायतका पार्टीले गलत चुनावी आँकलन प्रस्तुत गरेको भन्दै भ्रममा नपर्न ओलीको आग्रह छ । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बन्छु भनेपछि माओवादी अध्यक्ष प्रचण्ड झसंग भएको भन्दै कटाक्ष गरेका छन् ।
‘कांग्रेसको हाराहारिमा भोट ल्याउँछ भनेर इम्प्रेसन दिइएको छ, त्यो गलत छ । एमाले अत्याधिक मार्जिनले अघि हुन्छ, एकल बहुमत ल्याउँछ । र अरु केही दललाई सरकारमा सहभागी गराइन्छ,’ ओलीले भने ।
आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने उनले बताए । ‘लोकतान्त्रिक मुल्यमान्याका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार नभएका नीति नभएका गठबन्धनले फरकरक घोषणा पत्र सार्वजनिक गरेका छन् ।
यो विचारहीन दिशाहिन छ । यसको कुनै भिजन छैन,’ उनले भने, ‘गन्तव्य नभएकाहरुले फरकफरक घोषणा पत्र बोकेर हिँडेका छन् । सबैले आफैलाई प्रधानमन्त्री भन्दै जनतासँग झुटो आवश्वासन दिएका छन् ।
१ सय ५२ जना एमाले प्रवेश
कास्कीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १ सय ५२ जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शंकर गौतम , नेकपा माओवादी रूपागाउँपालिका अध्यक्ष नवराज बराल, नेपाली कांग्रेस केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य तथा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मिना कुमाल,राम गुरुङ, अमृत श्रेष्ठ, नेकपा (एकीकृत समाजवादीका उपसचिव मदन गिरी, वाइसिल जिल्ला सदस्य कृष्ण दाहाल, नेपाली कांग्रेसका नेता तथा पूर्व कर्मचारी गोपाल गोदार, शिवबहादुर गोदार, सन्तोष पाण्डे, अर्जुन पाण्डे, बुद्धिसागर बस्यौला, चन्द्रबहादुर भुजेल, मनबहादुर विक, रतन गुरुङ, कलाकार रक्की गुरुङ,सुस्मिता श्रेष्ठ,मनबहादुर विक, अमृत न्यौपाने, सुशिला श्रेष्ठ, पोखरा १ सिम्पानी मिलनसम्शेर राणा,रुवेण थापामगर, सान्तोष तामाङ, राकेशविक्रम राणा, पूर्ण तामाङ, सागर रानाभाट, बिक्कल तामाङ सविन तामाङ, गणेश परियार, सञ्जय थापा, प्रविण पुन, मनिष तामाङ, ओशिष रानामगर, अनुप पौडेल, सौरव तामाङ, नरहरि पौडेल, श्याम पराजुली, माओवादी केन्द्रका एकबहादुर थापा, भरतबहादुर थापा, टेकप्रसाद तिमिल्सिना, तुलबहादुर भुजेल, मिनबहादुर विक, राजकुमारी भुजेल, चुडामणी विक, सन्तोष विक, अर्जुन विक, राजु विक, रामबहादुर विक, प्रकाश विक, रवीन्द्र विक, भोजराज गौतम, मनोज गौतम, कविराज गौतम, विमला तिमिल्सिना, सुशिल गौतम, सोभित तिमिल्सिना, अजिल नेपाली रामबहादुर विक, ओमबहादुर विक, सूर्यबहादुर विक, महेन्द्र विक, रामचन्द्र विक, तिलक तिमिल्सिना, देवका तिमिल्सिना, कुलप्रसाद गौतम, रामप्रसाद तिमिल्सिना, कमल देवकोटा, नवराज गौतम, सन्देश गौतम, ललिता गौतम, दिपक गौतम,लालबहादुर थापा, सिर्जना गौतम, लगाएत १ सय ५२ जना सोमबार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनीहरु प्रवेश गरेका हुन् ।
भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) लगायतका विभिन्न राजनीतिक पार्टी परित्याग गर्दै १ सय ५२ जना एमाले प्रवेश गरेको एमाले कास्कीका सचिव बैनबहादर क्षेत्रीले बताए ।
सम्बन्धित खबर
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी