पोखरा । सुजन शिल्पकार नेपालीको लागि मात्र होइन विश्वभरका शारीरिक सुगठन अथवा बडी बिल्डिङका लागि नौलो नाम होइन। स्वास्थ जीवन र फिट्नेसमा अर्जुनदृष्टि लागाएर अनवरत लागि रहेका सुजनले यो बितेका २ महिनामा मात्र एकदर्जन भन्दा बढी अवार्डहरु जित्दै आउदो नोभेम्बर १८ देखि २० सम्म इन्डोनेसियामा हुँदै गरेको WWF world-championship 2022 तयारीमा छन्।
विगतका वर्षहरु मा सुजनले यस क्षेत्रमा प्राप्त गरेका सफलताका सुचिहरु लामो छ । १६ बर्षको उमेर देखि शारीरिक सुगठनलाई आफ्नो शोख र जिवनको अभिन्न अंग बनाएका सुजन ‘स्वास्थ जीवन नै हाम्रो सबै भन्दा ठुलो सम्पति हो’ भन्ने कुरामा विश्वास गर्छन्। त्यहि उनको आत्माविश्वासले सुजनलाई एक पछि अर्को सफलताको खुड्किलो चढाएको छ । पर्सनल फिटनेस ट्रेनर विषयको अध्ययन भर्खरै पुरा गरि हाल उनी पर्सनल फिटनेस ट्रेनरको रुपमा पनि कार्यरत छन् । आफुले जानेको, सिकेको र पढेको कुरा धेरै भन्दा धेरै यस क्षेत्रमा चाहाना भएकाहरु लाई सिकाउन र यस विषयमा कम ज्ञान भएकाहरु लाई पनि स्वस्थ जीवनको लागि फिटनेसको महत्वको बारेमा सिकाउन पनि मन भएको बताउने सुजन नेपालको सुन्दर शहर पोखराका बासिन्दा हुन् ।
भर्खरै ( २९ अक्टोबरमा ) ब्रिसबेनमा सम्पन्न INBA PRO/ Am मा सुजनले २ गोल्ड २ सिल्भर र १ ब्रोंज मेडल जित्न सफल भएका छन्। द नेपाली टाईम्स अष्ट्रेलियाको कुराकानीमा उनले आफु नेपालको झण्डा बोकेर इन्डोनेसियामा हुदै गरेको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन जान लागेको र यसले एकल प्रयासमा पनि देश चिनाउन पाउँदा आफुलाई ठूलो गौरव हुने बताए। नेपाल सरकार र खेलकुदलाई हेर्ने सरकारी निकायको आँखामा नपरेका सुजनले फेरि पनि यस प्रति ठूलो गुनासो राखेनन् उनले अगाडी भने ‘म निस्वार्थ भावले मनमा नेपाल र हातमा नेपाली झन्डा बोकेर खेलिरहेछु आशा छ एकदिन देशले र मेरा युवा साथिहरु ले यसलाई अपनत्व लिनुहुनेछ।”
त्यसो त यो भन्दा अगाडी पनि सुजनले राष्ट्रिय र अन्तराष्ट्रिय मञ्चहरुमा नेपाली झन्डालाई आफ्नो सफलताको साक्षी बनाइ सकेका छन्। देशले लाखौं करडौं खर्च गरेका विभिन्न खेलहरु मा राम्रो उपलब्धि हासिल गर्न नसकेको परिस्थितिमा एक युवाले आफ्नो एकल प्रयासले विश्वका हस्तीहरु उपस्थिति मंचमा आफ्नो प्रतिभाले देशको नाम उचो राख्नु सानो कुरा होइन। देशका प्रमुख मिडियाहरु को आँखा सम्म नपुगेका सुजन हामी सबै नेपालीहरुका लागि गर्व गर्न सक्ने पात्र हुन्। आशा गरौँ उनको अबको यात्रा झन् सफल हुनेछ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते