रुपन्देहीमा दम्पती मृत फेला, हत्यापछि आत्महत्याको शङ्का

रुपन्देहीमा दम्पती मृत फेला, हत्यापछि आत्महत्याको शङ्का

death body

बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्।

देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर घरभित्रै मृत अवस्थामा फेला परेका हुन्।

हेमकला भुईँमा तन्नाले बेरिएको र बालेन्द्र पंखामा झुण्डिएको अवस्थामा फेला परेको बुटवल प्रहरीले जनाएको छ।

बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।

वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए।

उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds