रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

aago lagi

काठमाडौं । रुसको कोस्ट्रोमा सहरस्थित एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो।

आगलागीमा परि केही घाइते भएका छन्। आगलागीका कारण नाइटक्लब पूर्ण रुपमा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी गर्ने ब्यक्ति र क्लब व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

आगलागीको समयमा सो नाइट क्लबमा २ सय ५० जना रहेको बुझिएको छ।

यसअघि सन् २००९ मा रुसको पेर्न सहरको एक नाइट क्लबमा भएको आगलागीमा पनि १५९ जनाको मृत्यु भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ