घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

baby-death

वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने मुकेश ठाकुरको छोरी सजना ठाकुरको मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेको अवस्थामा अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी थिइन् ।

उनलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एल.एस.न्युरो अस्पताल वीरगञ्जमा पठाइएकोमा उपचारको क्रममा साँझ ५ बजे सजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बालिकाको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds