माल्टामा डेंगु संक्रमणबाट नेपाली युवतीको मृत्यु

माल्टामा डेंगु संक्रमणबाट नेपाली युवतीको मृत्यु

mrita fela

काठमाडौँ । युरोपियन मुलुक माल्टामा डेंगु संक्रमणबाट एक नेपाली युवतीको मृत्यु भएको छ।

रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाकाअनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे मृत्यु भएको हो।

माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो।

बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds