पोखरा। कास्की प्रहरीले विभिन्न मुद्धाका फरार १० जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले एकैपटक १० जनालाई पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेहरु जिल्ला अदालत कास्कीबाट विभिन्न मितिमा कैद तथा जरिवानाको फैसला भइ फरार रहंदै आएका छन्।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका – २९ भण्डारढिक निवासी वर्ष ७२ को टेक बहादुर गुरुङ, पोखरा २९ भण्डारढिक निवासी ७१ वर्षीया रन माँया गुरुङ, सोही ठेगाना भएका ४० वर्षीय शेरमान गुरुङ, ३९ वर्षीय निरमान गुरुङ, ३६ वर्षीय बेल कुमार गुरुङ, ३१ वर्षीया जमुना गुरुङ र २६ वर्षीया बिपना गुरुङ रहेका छन्।
यस्तै सवारी ज्यान मुद्दामा अदालतले २ महिना १० दिन कैद तथा २ हजार जरिवाना सजाय तोकेकोमा हालसम्म फरार रहंदै आएका तनहुँ शुक्ला गण्डकी नगरपालिका – २ कोत्रे निवासी ३६ वर्षीय सन्तोष पुन, सवारी ज्यान मुद्धाकै धादिङ स्थायी घर भई हाल पोखरा -३२ मजुवा बस्दै आएका ४० वर्षीय चक्र बहादुर गुरुङ र लागु औषध मुद्धामा १० महिना १६ दिन कैद सजाय तोकी हालसम्म फरार रहंदै आएका पोखरा ३१ मोहरिया निवासी १९ वर्षीय सुनिल बि.क रहेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा बुझाइएको प्रवक्ता तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने