लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ मा स्थापना भएको जागरूप नागरिक समाज संस्थाले कार्तिकको १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने पत्रकार समेलन गरि जानकारी गरेको छ ।
देशमा मंसिर ४ को चुनावको माहोलले तातिरहेको अवस्थामा जागरूक नागरिक समाजले प्रतिनिधी सभा र प्रदेश सभामा क्षेत्र नं. १ कास्कीका सम्पूर्ण आकांक्षी उमेदवारहरूको परिचय तथा प्रतिवद्धता घोषणा पत्रको बारेमा नागरिकलाई जानकारी गराउने उदेश्यले कार्तिकको १९ गते बुढिबजारमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ ।
सुसासन, विकास र समृद्धिको लागि नागरिक सञ्जाल भन्ने नाराका साथ स्थापना भएको जागरूक नागरिक समाजले समाजको लागि विभिन्न किसिमका सामाजिक कार्यक्रम गर्दै आएको संस्थाल, आम नागरिक सामु उमेदवारहरुलाई उपस्थित गराउने र प्रतिवद्धता समेत गराईने जानकारी दिइएको छ ।
संस्थाका अध्यक्ष रामहरि ढुङ्गनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक भिमप्रसाद सन्तोष सुवेदीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका मिडिया संयोजक एलपि ढुङ्गनाले गरेका थिए ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ