श्रीमतीलाई मुख छाडेको भन्दै ललितपुरमा खुकुरी प्रहार गरी व्यक्ति हत्या

श्रीमतीलाई मुख छाडेको भन्दै ललितपुरमा खुकुरी प्रहार गरी व्यक्ति हत्या

पोखरा । ललितपुरमा खुकुरी प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

खोटाङको साकेला गाउँपालिका–१ घर भइ महानगरपालिका–२७ सुनाकोठी स्थित टीका महर्जनको जस्ताको टहरामा भाडामा बस्दै आएका ३८ वर्षीय रामचन्द्र राईको हत्या भएको हो।

हत्या आरोपमा महर्जनकै जस्ताको अर्को टहरोमा भाडामा बस्दै आएका साकेला–१ कै ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बेलुका साढे ७ बजेतिर रामचन्द्रको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका राजेन्द्रले आफूलाई हेपेर बोलेको र श्रीमतीलाई समेत मुख छाडेकाले खुकुरी प्रहार गरी हत्या गरेको भन्दै बयान दिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ