भारतको गुजरातमा झोलुङ्गे पुल चुडिंदा डेढ सयको मृत्यु

भारतको गुजरातमा झोलुङ्गे पुल चुडिंदा डेढ सयको मृत्यु

pul

पोखरा । भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुडिंदा करीब डेढ सय जनाको मृत्यु भएको छ। ५० जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

गुजरातको राजधानी अहमदावादबाट दुई सय किलोमिटर टाढा पर्ने मोर्बीस्थित मच्छुखोलामाथिको झोलुङ्गे पुल आइतबार साँझ अत्यधिक भारका कारण चुडिएको हो।

खोलामा खसेका ५० जना अझै बेपत्ता छन् भने एक सय ७७ जनालाई जिवितै उद्धार गरिएको छ। ७० जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

घटनालगत्तै उद्धार तथा खोजीका लागि सेना, नौसेना, वायुसेना लगायतलाई परिचालन गरिएको थियो।

करीब एक सताब्दी पुरानो यो पुलको मर्मतपछि हालै सर्वसाधारणका लागि खोलिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ