सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजायको माग, आज मुद्धा दर्ता

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजायको माग, आज मुद्धा दर्ता

sandip goes to abroad

फाइल तस्वीर

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका विरुद्ध आज अभियोगको माग दाबी सहितको मुृद्धा दर्ता हुने भएको छ । महानगरीय प्रहरी बृत्त गौशालाले अनुसन्धान गरेर बुझाएको प्रमाण र प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन ।

प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ मा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। सन्दीपले भने आरोपको खण्डन गर्दै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds