पोखरा । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ।
भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ ले गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको हो।
कम्पनीले मृतक महरा परिवारलाई क्षतिपूर्ति र परिवारका अरु बालबालिकालाई कक्षा १२ सम्म पढाउन तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक ९ वर्षका पवन महराको ज्यान गएको थियो। महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका बेला घटना भएको हो । उक्त घटनामा १४ वर्षीया सरिना घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो।
भारतको धार्चुलामा भएको छलफलमा अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना पटक–पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो ।
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
त्रिशुलीमा मोटरसाइकल खस्यो, चालक बेपत्ता