कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ बालबालिका घाइते

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ बालबालिका घाइते

Blast_shutali_bomb

कालीकोट । कालीकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।

तिलागुफा नगरपालिका–१० रानावाडामा शनिबार बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना मृत्यु भएको हो।

उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरीले जनाएको छ।

पाँच जना बालबालिकाहरुले पुरानो सकेट बम खेलाइ रहेको अवस्थामा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

प्रहरीका अनुसार थापाको घटनास्थलमै र रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।

यस्तै, घटनामा परी अन्य ३ जना घाइते भएका छन्। गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन्। उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ