कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले निर्माणको काम शुरु भइसकेको बताए ।
“पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,” उनले भने, “मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिनेछ ।” फेवातालबाट अवलोकन गर्न सकिने जमिनभन्दा ६० फिट अग्लो उक्त मूर्र्ति अन्नपूर्ण केबुलकाको माथिल्लो स्टेसन पुगेर पनि दर्शन गर्न सकिनेछ ।
करिब दुई अर्बको लगानीमा निर्माण भइ सञ्चालनमा आएको अन्नपूर्ण केबुलकार कम्पनीले नै पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गर्न लागेको हो । उक्त मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर स्थापना भइसकेको छ ।
केबुलकार सञ्चालनमा आइसकेपछि यात्रुहरुले फेवातालदेखि साराङकोटसम्मको यात्रा नौ मिनेटमै गर्न पाएका छन् । कम्पनीले साराङकोटबाट सूर्योदय र सूर्यास्त हेर्न चाहनेहरुका लागि विहान ५ बजेदखि साँझ ६ बजेसम्म केबुलकार सञ्चालन गर्दै आएको छ । हाल कम्पनीले औसतमा आठ जनालाई सेवा दिइरहेकामा ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक रहेको कम्पनीको भनाइ छ ।
रासस
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते