पोखरा । पढ्नकै लागि ट्युशन सेन्टर धाउनुपर्ने बाध्यता अब रहेन । जागिरका कारण नियमित कक्षामा उपस्थित हुन नसक्नेका लागि पनि पढाइमा सहयोगी हुनेछ ई–लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ ।
प्लस टुु र स्नातक अध्ययनत विद्यार्थी लक्षित गरी पोखराका युवाहरुले सञ्चालन गरेको क्लिन्च टेक प्रालिले अनलाइन टिचिङ प्लेटफर्म ‘मेरो पढाइ डटकम’ सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
अब जस्तोसुकै परिस्थितिमा पनि पढाइलाई सम्भव बनाउन सकिने उद्देश्यका साथ ‘पढाइ, सम्भव छ’ थिमका साथ आएको ‘मेरो पढाइ ‘ मोबाइल भर्सन (प्लेस्टोर, आईओएस) मा एक साताभित्रमा उपलब्ध हुनेछ । प्रारम्भिक चरणमा मूख्य विषयहरुका कोर्स उपलब्ध छन् भने निकट भविष्यमै अध्यापकसँग प्रत्यक्ष कक्षा लिने वातावरण पनि मिलाइँदैछ ।

अहिले बीबीएस पहिलो वर्षको मूख्य विषय र कक्षा ११ र १२ का केहि विषय सार्वजनिक गरिएको छ । एक महिनापछि अन्य संकायको पनि भिडियो कक्षा चलाउने क्लिन्च टेकका सीइओ मानवकल्याण पराजुलीले बताए ।
‘हामीले अध्ययन गर्दा ब्याचलर पहिलो वर्षदेखि दोस्रो वर्ष जाँदा आधा विद्यार्थी कक्षामा नआएको अनुभव छ । त्यस्ता विद्यार्थीले आफ्नो पढाइ पूरा गर्न हामीसँग जोडिँदा लाभदाक हुन्छ,’ उनले भने ।
मेरो पढाइसँग जोडिन ‘मेरो पढाइ डटकम’ लग इन गर्न सकिन्छ भने गुगल र एप्पल स्टोर्सबाट एप डाउन्लोड गर्न सकिन्छ । आफ्नो अकाउण्ट खोलेपछि कुन विषय पढ्ने हो अनलाइन शुल्क तिरेर हेर्न, पढ्न सकिनेछ । ‘छिट्टै विषयगत प्राध्यापकहरुसँग प्रत्यक्ष कक्षा पनि सञ्चालनमा ल्याउने तयारी तयारी छ ।’ – सिईओ पराजुलीले भने । मेरो पढाइको सामग्री प्रयोग गर्दा प्रति विषय मासिक ५ सय रुपैयाँ शुल्क लाग्छ ।
विद्यार्थीले गाह्रो मान्ने म्याथ, एकाउन्ट, फाइनान्स, अंग्रेजीजस्ता विषयका सामग्रीलाई अझ जोड दिइने सीइओ पराजुलीले बताए । मेरो पढाइमार्फत विदेशमा रहेका नेपालीका बच्चालाई नेपाली भाषा सिकाउने योजना सञ्चालकहरुको छ । त्यसबाहेक कोरियन, जापानिज लगायत देशका भाषा पनि अनलाइनमार्फत सिकाउने योजना छ ।
प्रोजेक्ट म्यानेजर प्रेम रेग्मीले ३२ जनाको टीमले वर्षभर मेहनत गरेर लञ्च गरेको बताए । निकै सहज तरिकाले एप् चलाउन सकिने उनले बताए ।

सञ्चालककै अभिभावहरुबाट मेरो पढाई शुभारम्भ गराइएको थियो । सोमबार आयोजित कार्यक्रममा प्रा.डा. विश्वकल्याण पराजुली र रामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा प्लेस्टोरमा एप् अपलोड गरी कार्यक्रम शुभारम्भ गरे । कार्यक्रममा सिईओ पराजुलीसहित को–फाउण्डरहरु विन्दुराज तिमिल्सिना, सचिन गिरीले बोलेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन