दुबै मृगौला पिडितलाई दोस्रो पटक सहयोग

दुबै मृगौला पिडितलाई दोस्रो पटक सहयोग

received_525417499582978

लेखनाथ । दुबै मृगौला फेल भएका विरामी सोम परियारलाई ८० हजार ७८५ रुपैयाँ आर्थिक सहयोग दोस्रो पटक हस्तान्तरण गरिएको छ ।

सहयोग प्राप्त रकम दशै पछि हस्तान्तरण गरिने बताएका किरण लामाले परियारको कोठामा नै गएर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम लिदै बिरामी परियारले सहयोगि सम्पूर्ण हातहरूलाई मन देखिनै धन्यवाद समेत व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं. २७ भित्रि डाडाँकोनाक मा विगत ६–७ बर्ष अगाडी बाट ज्याला मजदुरी गरि परिवारको पालन पोषण गरि आएका परियार केही समय अगाडि बाट बिरामी रहेको बताइएको छ।

आर्थिक स्थिती कमजोर भएको कारण विभिन्न सामाजिक संध संस्था तथा समाजसेवि व्यक्तिहरु संग सहयोगको हात फैलाईएको सामाजिक व्यक्तित्व किरण लामाले बताएका छन् । फेशवुकमा Kiran Social Work नामको पेज बनाई सहयोग संकलन गरेको उनले बताएका छन्।

पहिलो पटक असोजको १७ गते २०७७० रकम बिरामी परियारलाई हस्तान्तरण गरिएको थियो ।

अहिले सम्म सहयोग स्वरूप प्राप्त रकम हस्तान्तरण गरिएको समेत बताईएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds