नेपालमा कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी भेटियो

नेपालमा कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी भेटियो

corona covidd

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड– १९) को नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको पुष्टि गरेको हो ।

साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ । यो विगतका भेरियन्ट र सब भेरियन्ट भन्दा निकै धेरै संक्रामक रहेको बताइएको छ ।

दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै फैलन सक्ने भन्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ