पोखरा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइँदै छ ।
धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ । आज घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।
कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आज बिहान चतुर्दशी र अपराह्न ५ बजेपछि रातभर औंसी तिथि छ । जसकारण कुकुर पुजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
कार्तिक कृष्ण औंसीका दिन धन सम्पतिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरिने चलन छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।
नरक चतुर्दशी पनि आजै
कात्तिक कृष्ण चतुर्दशीका दिन सोमबार बिहान झिसमिसेमै पितृ उद्धारका लागि नर्के बगाइने चलन छ । बिहान सूर्य उदाउनुपहिले टपरी वा दुनामा दक्षिण फर्काएर बत्ती राखेर पानीमा बगाउँदा पितृको मोक्ष हुने विश्वास छ । यसरी बालिने बत्ती घरमा रहेका परिवार संख्या जत्ति नै बाल्ने गरिन्छ ।
कात्तिक ८ गते गाई पूजा, कात्तिक ९ गते प्रतिपदाका दिन गोरुपूजा, गोवर्द्धन पूजा तथा मह पूजा र कात्तिक १० गते द्वितीयाका दिन भाइटीका रहेको छ।
भाइ टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की