कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का नेकपा एमालेका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको एकल बहुमतकाे सरकार बन्ने दाबी गरेका छन् ।
पोखरा महानगर ३० मा आयोजित शुभकामना आदनप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गरेका हुन् ।
उनले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गरे ।
पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्धिलाई बेवास्ता गर्दै राजनीति भागबन्डा र फण्डामा केन्द्रित बन्नुले जनताका समस्याप्रति गठबन्धन कति संवेदनशील छ भन्ने प्रष्ट भईसकेको उनको भनाई थियो ।
प्रतिनिधिसभाबाट प्रदेश सभामा पार्टीको निर्णय र फैसला अनुसार आफू प्रदेशसभामा उम्मेदवार बनेको भन्दै उनले आफू प्रदेशमा नयाँ अनुहार भएको दाबी गरे ।
‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उनले भने । जनतासंग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपूरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडि बढ्ने उनले बताए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते