बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन्।
चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका–३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रमममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हवल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ