काठमाडौं । हात्तीको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं.५ डुमरवाना घर भएका ३१ वर्षीय रमेश महरा रहेका छन् । उनी निकुञ्जको रामभोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत थिए।
कामिनीकली नामक हात्तीलाई चराएर शुक्रबार दिउँसो सवा ३ बजेतिर ठोरी गाउँपालिका सुवर्णपुरस्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको थियो । उनलाई मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा लगिएकोमा उपचार क्रममा अपरान्ह साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ