समाजवादीका उम्मेदवार गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

समाजवादीका उम्मेदवार गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

raju_gurung_Samajbadi

काठमाण्डाै। रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएकाे छ ।
गुरूङले दिएको रिटमा शुक्रवार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको हो।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो ।

निर्वाचन अधिकृतकाे याे निर्णयविरुद्ध गुरुङले सर्वाेच्च अदालतमा रिट दिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds