पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

Squash Winner

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते । फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त गर्‍यो ।

टिम ईभेन्टर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेशले काश्य पदक जिते ।

त्यस्तै, महिला व्यक्तिगत स्पर्धामा वागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै स्वर्ण पदक जितिन् भने वागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगरले सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।

पुरुषतर्फ व्यक्तिगत स्पर्धामा गण्डकीकै अमृत थापामगरले स्वर्ण, वागमतीका अरहान्त सिंहाले रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दीपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक जिते ।

स्क्वास प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाले सहभागिता जनाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ