स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ।
वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो।
खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समुहलाई अगाडी बढाएकी थिईन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन्।
७६ औँ मिनेटमा नेपालपुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको सम्भावना जिवित राखिन्। निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि निरु थापाले गरेको एक गोल स्वर्णको लागि प्रयाप्त भएन । र पुलिसले रजतमै चित्त बुझाउन पर्यो।
महिला फुटवलको कास्य पदक त्रिभुवन आर्मी फुटवल क्लबले जितेको छ।
त्रिभुवन आर्मीले ७–० गोल अन्तरले प्रदेश नम्बर १लाई पराजित गर्दै कास्य जितेको हो।
खेलको तेस्रो मिनेटमा आर्मीकी हिमा चौधारीले गोलको खाता खोलेकी थिइन्।
खेलको ५औँ मिनेटमा अमिसा कार्कीले अर्को एक गोल गर्दे गोल संख्या दोब्बर बनाइन्। खेलको ३५ औँ र ४१ औं मिनेटमा एक एक गोल गर्दै ह्याट्रिक पुरा गरिन्।
यस्तै खेलको ४३ औँ मिनेटमा चन्द्रा भण्डारी, ६१ औँ मिनेटमा गंगा गुरुङ र ७१ औं मिनेटमा कुसुम खतिवडाले समान एक एक गोल गरेकी थिइन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते