‘किसान तथा मजदुरको पाटी एमाले’– एमाले उम्मेदवार मनबहादुर गुरूङ

‘किसान तथा मजदुरको पाटी एमाले’– एमाले उम्मेदवार मनबहादुर गुरूङ

Photo (2)

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् ।

उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् ।

कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले एमालेले जितेमा सन्तुलित ढगंले विकास हुने विश्वास दिलाए । यदि गठबन्धनको विजय भएमा फेरि मंहगी बढ्दै जाने उनको भनाई छ ।

गण्डकी प्रदेशका लागि समानुपातिक उम्मेदवार नन्दकली परियारले आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाको नेतृत्वको उम्मेदवारी भएको बताउँदै एमाले उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन आग्रह गरिन् ।

कार्यक्रम नेपाल कम्युनिष्ट पाटी एमाले पोखरा महागरपालिका वडा नम्बर २८ को अध्यक्ष रामकृष्ण तिवारीको अध्यक्षतामा भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ