पोखरा । पोखरा ५ मालेपाटनमा नेकपा एमाले, कास्की निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को चुनाव परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।
नेकपा एमाले केन्द्रिय पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, पोलिटव्युरो सदस्य सीता गिता ओली, क्षेत्र नम्बर ३, प्रतिनिधी सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी, प्रदेश सभा ३ ‘ख’ उम्मेदवार राजिव पहारी, समानुपातिक उम्मेदवार लालकाजी गुरुङ्ग लगायतले बिहीबार एक समारोहका विच कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस पटकको निर्वाचनमा कास्कीका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले समग्र कास्कीको विकासका लागि आफुहरुलाई विजयी गराउन मतदातासँग आग्रह गरे । विकासप्रेमी कस्केली जनताको इच्छा आकांक्षा पुरा गर्ने योजना एमालेकै उम्मेदवारहरुसँग भएको बताउँदै जनताको सपाना साकार पार्न सूर्यमा मतदान गरिीएमाले उम्मेदवारहरुलाई विजयी गराउन कस्केली जनतासंग उम्मेदवारहरुको अनुरोध छ ।
समारोहमा पार्टीका केन्द्रिय अनुशासन समिति सदस्य मित्रकुमारी सुवेदी, सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, प्रदेश कमिटि सचिवालय सदस्य पुण्यप्रसाद पौडेल तथा एमाले नेताहरु लिलाधर पौडेल, विष्णुबहादुर केसी, दिलिप विक्रम शामी, तेजनाराण अधिकारी, धनबहादुर नेपाली लगायतको सहभागिता थियो ।
सम्बन्धित खबर
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते