पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।
बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।

पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।
प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापा मगर र महिलातर्फ त्रिभूवन आर्मी क्लवकी अनुजा कुलिङ्ग राई उत्कृष्ट खेलाडी घोषित जनही ५–५ हजार रुपैयाँसहित मेडल र पमाण पत्र प्राप्त गरे ।

आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो ।
यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०– १० टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते