सफ्ट टेनिसको पुरुषतर्फ प्रदेश १ लाई स्वर्ण

सफ्ट टेनिसको पुरुषतर्फ प्रदेश १ लाई स्वर्ण

soft tanes 3 news

पोखरा । सफ्ट टेनिसतर्फ पुरुष टिम इभेन्टसको स्वर्ण पदक प्रदेश १ ले जितेको छ ।

आज बिहीबार बिहान भएको फाइनलमा नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै प्रदेश १ ले स्वर्ण जितेको हो ।

प्रतियोगिता अन्र्तगत पहिलो सेट पुलिसले डबल्स्मा प्रदेश १ लाई ५–१, दोस्रो सिंगल्स प्रदेश १ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश १ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजित भएको हो ।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश १ का युकेश योञ्जन, अशिष वोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।

त्यस्तै पुलिसका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भीमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ