दुआथलनमा पुरुषतर्फ प्रहरी र महिलातर्फ आर्मीलाई स्वर्ण

दुआथलनमा पुरुषतर्फ प्रहरी र महिलातर्फ आर्मीलाई स्वर्ण

CJ3A6932

पोखरा । दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ ।

५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्वुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पद जितेका हुन् ।

त्यसैगरी निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले संवर्ण पदक हात पारिन् ।

पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भए ।

महिलातर्फ एपीएफका अनिता राइले निर्धारित दुरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दुरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भइन् ।

दुवाथलनमा आर्मी टीम च्याम्पियन बन्न पुग्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ