पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागिय नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ ।
गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक सहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।
दोस्रो स्थानमा रहेको एपीएफ क्लबले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका हासिल गर्यो ।
त्रिभुवन आर्मी क्वल २ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल ८ पदक सहित तेस्रो स्थानमा रह्यो ।
बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझायो । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त गर्यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुपर्यो।
कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ ।
करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो । हतारमा भएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पुर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर राम चन्द्र जोशीले पदक हस्तान्त्रण गरेका हुन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने