पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर २ (क) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले जनता र पाटीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छ्न् ।
नेकपा एमाले पोखरा वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गद कार्कीले आफ्नो क्षेत्रका जनताले निरन्तर विश्वास गरेर आफ्नो पाटीलाई विजयी गराएको र निर्वाचित जनप्रतिनिधिहरूले उदाहरणीय कार्य गरेको बताए । विगतमा आफ्नो पाटीका कार्यहरूको विवरण प्रस्तुत गर्दै कार्कीले अबको ५ वर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा भुमी व्यवस्थापन विभाग उपप्रमुख समेत रहेका कार्कीले एमाले नेतृत्वको सरकारका पालामा आफू सदस्य रहदा आम भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै वर्तमान सरकारले हटाएको स्मरण गर्दै अव बन्ने एमालेको सरकारले उनिहरूलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको सरकार निर्माण गर्न सबैलाइ आव्हान गरे ।
एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अवको ५ वर्ष खेर नजाने गरी आफू जनताको काममा खट्ने बताए ।
कार्यक्रममा एमाले जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले विगतको इतिहासलाई झन उचाइ दिने गरी निर्वाचनको मैदानमा उत्रिन आग्रह गर्दै कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे । अधिकारिले सो क्षेत्रका आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश योजनाको बजेट कटौती र रकमान्तरण गर्ने काम वर्तमान सरकारले गरेको तर्फ जानकार हुन जनतालाई आग्रह गरे।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य केशव आचार्य , जिल्ला कमिटी सचिवालय सदस्य शिवप्रसाद आचार्य, एमाले पोखरा ३३ का अध्यक्ष दिपकराज लामिछाने, उपसचिव शंकरबहादुर अधिकारी,अनेम संघ क्षेत्र २ (क) का संयोजक पार्वती कार्की लगाएतले बोलेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने