नवौँ राष्ट्रिय : ट्रायथलनमा आर्मीका वसन्त थारु र एपीएफकी सोनी गुरुङलाई स्वर्ण

नवौँ राष्ट्रिय : ट्रायथलनमा आर्मीका वसन्त थारु र एपीएफकी सोनी गुरुङलाई स्वर्ण

triathlon

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्रायथलनमा आर्मीका वसन्त थारु र एपीएफकी सोनी गुरुङले स्वर्ण जितेका छन् ।

पुरुष ट्रायथलनमा नेपाल आर्मीका वसन्त थारुले एक घण्टा नौ मिनेट ४३ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

आर्मीकै दिपेश चौधरीले एक घण्टा १० मिनेट ०५ सेकेनुडमा दुरी पूरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले एक घण्टा १४ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक हात पारे ।

यस्तै, महिलातर्फको ट्रायथलनमा सशस्त्र प्रहरी बल (एपीएफ) की सोनी गुरुङले निर्धारित दुरी एक घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

नेपाल पुलिस क्लबकी श्रेबी महर्जनले एक घण्टा १९ मिनेट १५ सेकेन्डमा दुरी पूरा गर्दै रजत जित्दा नेपाल आर्मीकी केशरी थापा मगरले एक घण्टा ३२ मिनेट २९ सेकेन्डमा दुरी पूरा गर्दै कास्य जितिन् ।

पोखराको लेकसाइडमा बुधबार भएको ट्रायथलनमा उनीहरूले सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौडको दुरी पूरा गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ