टेनिस मेन्स डबल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डबल्समा गण्डकीलाई स्वर्ण

pardip_and_anil

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिस मेन्स डबल्समा गण्डकीले स्वर्ण पदक जितेको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदिप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली नेपाल आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो।

सुपरटाईमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो। सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो।

यसअघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ