८०० मिटर दौडमा आर्मीका सोम र एपीएफकी फूलमतीले जिते स्वर्ण

८०० मिटर दौडमा आर्मीका सोम र एपीएफकी फूलमतीले जिते स्वर्ण

som-fulmati

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेट्क्सिको ८ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।

उनीहरु दुवैको व्यक्तिगत तर्फ यो दोस्रो स्वर्ण पदक हो । यसअघि सोमबहादुरले ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए । यसैगरी फुलमतीले १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन् ।

पोखरा रंगशालामा बुधबार निर्धारित दुरी १ मिनेट ५५ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै सोमले स्वर्ण जितेका हुन् । नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले १ मिनेट ५५ दशमलव २१ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते । आर्मीका सुनिल सुनारले १ मिनेट ५५ दशमलव ५२ सेकेन्ड टाइमिङ सहित कास्य जिते ।

महिलातर्फको खेलमा निर्धारित दुरी २ मिनेट २७ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै फूलमतिले स्वर्ण जितिन् । त्रिभुवन आर्मीकी सरस्वती भट्टराईले निर्धारित दुरी २ मिनेट २७ दशमलव ५० सेकेन्डमा पूरा गर्दै रजत जितिन् । आर्मीकै रेखा लिम्बुले २ मिनेट ३० दशमलव ४८ सेकेन्डमा दौड पूरा गर्दै कास्य जितिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ