नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको फराकिलो अग्रता

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको फराकिलो अग्रता

medal 079-07-01- 6pm

पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।

हालसम्म ६ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक सहित कुल १६० पदक हात पारिसकेको छ ।

दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कास्यपदक सहित ९१ पदक जितेको छ।

अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ काँस्य पदक सहित कुल १०२ पदक हात परेको छ ।

यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कास्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदक सहित ५३ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता सुदुर पश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ कास्य सहित २६ पदक, एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कास्य पदक सहित २४ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कास्य सहित ४७ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कास्य सहित ३१ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ कास्य पदक सहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ