छेलो (ठेलो)मा २५ जनालाई पछि पार्दै सुनार विजयी

छेलो (ठेलो)मा २५ जनालाई पछि पार्दै सुनार विजयी

chhelo

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत ठेलो (छेलो) प्रतियोगितामा किरण सुनार (कास्की) प्रथम भएका छन् ।

पोखरामा नवौं राष्ट्रिय खेलकुद अन्र्तगत प्रर्दशनी खेलमा समावेश छेलोमा सुनारले अन्य २५ जना प्रतिस्पर्धीलाई पछी पार्दै प्रथम भएका हुन् ।

यस्तै प्रतियोगितामा रोहित सुनार (कास्की) द्वितिय हुँदा बासु गुरुङ(कास्की) ले तृतिय स्थान प्राप्त गरे ।

यसअघि कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरेका थिए ।

कास्की जिल्ला छेलो संघका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यबाहक सदस्य सचिव घनश्याम पौडेल, निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरुले विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

गण्डकी प्रदेशमा परम्परागतरुपमा खेलिने छेलो खेलको प्रर्वद्धनका लागि प्रदेश खेलकुद परिषदको विशेष पहलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ