एपीएफ र पुलिस महिला भलिबलको फाइनलमा

एपीएफ र पुलिस महिला भलिबलको फाइनलमा

women vollyball (3)

पोखरा । विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लव नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।

म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा एपीएफले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् ।

एपीएफले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले जितेको बागमतीलाई एपीएफले त्यसपछिका तीन सेट क्रमश : २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित गर्‍यो ।

एपीएफको कप्तानी निरुता ठगुल्ना र बागमतिको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्तानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित ग¥यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।

तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । यसैगरी एपीएफ र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ।

असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदुरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ