पोखरा । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् ।
प्रतियोगिता अन्र्तगत मंगलबार सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कुल ९ खेल मध्ये ८ खेलमा जीत र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो ।
खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । नेपाल पुलिस क्बलका भण्डारीले कुल ९ खेलमा ७ जीत, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभु्वन आर्मी क्बलका मर्हजनले ९ खेलमा ६ जीत, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अंक प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिक क्लबकी पूर्णिमा गुरुङले ८ खेलमा जीत र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक जित्नु भएको छ ।
त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते