तीन विभागीय र गण्डकी पुरुष भलिबलको सेमिफाइनलमा

तीन विभागीय र गण्डकी पुरुष भलिबलको सेमिफाइनलमा

gandaki in blue

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् ।

पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबार भएको क्वार्टरफाइनलमा खेलमा विभागीय टिम हाबी हुँदा गण्डकी बाहेकका प्रदेशका टिम प्रतियोगिताबाट बाहिरिए । पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हराएर सेमिफाइनल यात्रा तय ग¥यो । दोस्रो खेलमा त्रिभुवन आर्मीले वागमती प्रदेशलाई ३–० कै सेटमा पाखा लगायो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले जित्यो ।

तेस्रो क्वार्टरफाइनल खेलमा अर्को विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२३ ले ल्याउँदा दोस्रो सेटमा एपीएफलाई हम्मेहम्मे प¥यो । दोस्रो सेटको सुरुवातमा आफ्ना दुई खेलाडी चोटग्रस्त बनेपछि एपीएफलाई चुनौती थपियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले २८–२६ को सफलता पायो । एपीएफले तेस्रो सेट २३–२५ ले गुमायो । लयमा देखिएको लुम्बिनीको पक्षमा दर्शकको समर्थन हुँदाहुँदै चौंथो सेटमा भने फितलो प्रदर्शन ग¥यो । फलस्वरुप एपीएफ २५–१७ ले लुम्बिनीमाथि हाबी भयो ।

घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको गण्डकीले अन्तिम क्वार्टरफाइनल खेलमा प्रदेश १ लाई सोझो सेटमै पन्छायो । गण्डकीले २५–२०, २५–२१ र २५–१३ ले प्रदेश १ लाई हराउँदा दर्शकले खुसी मनाए ।

प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल पुलिस र त्रिभुवन आर्मीबीच हुने छ । अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्ने छन् । फाइनल बिहीबार हुने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ