पोखरा, १ कार्तिक । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो ।
गण्डकीले थप दुई वटा रजत र एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप पाँच काँस्य पदक प्राप्त गरेको छ । एपीएफले थप दुई रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक काँस्यमा सीमित रहँदा सुदुर पश्चिमले एक रजत र एक काँस्य तथा बागमतीले एक काँस्य जित्न सक्यो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टीम, रिकर्भ मिक्स टीम, कम्पाउण्ड मेन टीम र स्टान्डर्ड मेन टीममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टीम र स्टान्डर्ड मिक्स टीममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपीएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो ।
रिकर्भ मेन टीममा गण्डकीले नेपाल पुलिसलाई फाईनलमा सोझो तीन सेटमा जित्यो । अशिम शेरचन, गंगा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले ३–० स्कोरले जितेको हो । तेस्रो स्थानमा रहेको एपीएफले सुदुरपश्चिमलाई जित्यो ।

रिकर्भ मिक्स टीमतर्फ गण्डकीका गंगा कुँवर र रोजिना थापा मगरको जोडीले बिराट थापा र गीता खत्री सम्मिलित एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । ४–२ स्कोरको अवस्थामा निकै प्रतिष्पर्धात्मक खेलमा रोजिनाले अन्तिम टार्गेट चुक्न दिइनन् । आर्मीले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

कम्पाउण्ड मेन टीम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो । योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टीमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदुरपश्चिमलाई पराजित गर्दै काँस्य पदक हात पारेको हो ।
स्टान्डर्ड वुमन टीम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा बिक, सरु तमाङ, खड्ग कुमारी थापा मगर र तुलसी थापा मैदान उत्रेका थिए । यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै काँस्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुश्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए ।

स्टान्डर्ड मिक्स टीमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा बिक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुश्का शेरचन खेलेका थिए । एपीएफले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

कम्पाउण्ड मिक्स टीममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । रमेश भट्टचन र पार्षदा आचार्यकाे जाेडीले जागृत गुरूङ र माेनिका रानाकाे जाेडीलाई हराएकाे हाे । सुदुरपश्चिमले वाकओभर दिँदा आर्मीले काँस्य जित्यो ।

स्टान्डर्ड मेन टीमतर्फ गण्डकीले सुदर पश्चिमलाई सोझो तीन सेटमा हरायो । गण्डकी टीममा दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारी मैदान उत्रिएका थिए । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

अन्तिम दिन बुधबार ६ वटा स्वर्णका लागि खेल हुनेछन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते