सल्यानमा अरिंगालले चिलेर आमाछोरीको मृत्यु

सल्यानमा अरिंगालले चिलेर आमाछोरीको मृत्यु

aringal

सल्यान । सल्यानमा अरिंगालले चिलेर आमाछोरीको मृत्यु भएको छ । अर्का एक जना बिरामी भएका छन् ।

सल्यानको सिद्ध कुमाख – १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनीकी चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिङगालले चिलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो बेलुका खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा तीन जनालाई अरिंगालले चिलेको थियो ।

श्रीनगरमा रहेको परोपकार अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा शोभाको भने बिहान मृत्यु भएको हो । अरिंगालले चिलेर बिरामी परेका नवीन बस्नेतको श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ