यही कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ टीमले मोफसल टुर सकेको छ । गत असोज २५ गते पूर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखराकाे कार्यक्रम गरी सकिएको हो ।
मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई फिल्मको बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक शान्तिम कोइराला, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मी, जगदिश जग्स भणडारी लगायत भ्रमणमा सहभागी थिए ।
अन्तिम दिन पाेखराकाे कार्यक्रम अत्यन्त फलदायी बन्याे । बुटवलबाट पाेखरा झर्नासाथ चलचित्र पत्रकार संघ, कास्कीकाे संयाेजनमा प्रेस मिट गरिएकाे थियाे । मिडटाउन ग्यालेरिया स्थित मुग्लानमा भएकाे प्रेस मिटमा २ दर्जन बढी पत्रकारहरू सहभागी भएर टाेलीसँग साक्षात्कार गरे ।

तस्वीरः प्रेम थापा/परिचय
बेलुकी हल्लनचाेकमा विशेष कार्यक्रमकाे भयाे भने रात्रीकालिन समयकाे उपयाेग गर्दै यहाँकाे बिग क्लब क्याटवाकमा पनि टीमले प्रस्तुति दियाे ।

कोरोनाको महामारी पश्चात दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया अभिनेता आचार्यले दिए । ‘मोफसलका दर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिदैन । बढी भन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले स-परिवारलाई निम्तो गरेका छौँ’, अभिनेता आचार्यले भने ।
कार्यकारी निर्मातासँगै कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँले दर्शक फिल्म प्रति उत्साहित रहेको बताए । ‘हामीले निर्माण गरेको अघिल्लो फिल्मले दर्शकसँग सम्बन्ध जोड्न मदत गरेको छ । महापुरूषलाई लिएर दर्शक उत्साहित हुनुहुन्छ । टुरले उहाँहरुको मनसाय बुझ्ने मौका पनि दियो’, अभिनेता बानियाँले भने। दर्शकसम्म फिल्मको जानकारी पुर्याउन नै ‘मोफसल भ्रमण’ गरिएको उनले बताए ।
यसै फिल्ममार्फत डेब्यु गर्ने अरुण क्षेत्री र अन्जना बराईली पनि उत्साहित छन् । ‘पहिलो अनुभवमा धेरै यादहरू संगालेको छु । ब्राण्ड भ्यालूको कारण हलसम्म आउने दर्शकलाई रिझाउने प्रयाश मेरो छ । उहाँहरूलाई याद हुने अभिनय गर्ने प्रयास गरेको छु’, नव अभिनेता क्षत्रीले भने । उनले यसअगाडी नै ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरिसकेका छन् । यद्दपि प्रदर्शनको हिसाबले उनको यो डेब्यु फिल्म हो ।
अरुण झैँ अन्जना पनि फिल्मलाई लिएर उत्साहित छिन् । अन्जनाले अभिनेता मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।मोफसलमा दर्शकसँग साक्षात्कार गरेर काठमाडौं फर्किएकी उनले भनिन् ‘यो फिल्मले मेरो लागि स्कुलको काम गरेको छ । यसको सिकाईले आउँदो समयमा मलाई मदत गर्नेमा विश्वत छु’ ।
फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने ।
फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दैछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।


सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन