पोखरा । प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार-२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ ।
पूणर् प्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो ।
युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल थिए ।
पुरस्कार राशि २५ हजार ५ सय २५ रुपैयाँ र सम्मानपत्र छ । सो पुरस्कार एक कार्यक्रमबीच वितरण गरिनेछ । ३ लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक २ वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ ।
युनियन कास्कीका निवर्तमान अध्यक्ष सिग्देलले। यसअघि स्व. गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार, अपराध अन्वषण पत्रकारिता पुरस्कार, जिल्ला विकास समिति कास्कीको उत्कृष्ट पत्रकार पुरस्कार, उत्कृष्ट आलेख पत्रकारिता पुरस्कार र स्व. सागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।
पत्रकारितामा पुर्याएको योगदानको कदरगर्दै सिग्देललाई करिब तीन दर्जन समाजिक संघ संस्थाले सम्मान गरिसकेका छन् ।
उनी ०५५ सालदेखि पत्रकारितामा क्रियाशील रहेका थिए । सानै उमेरमा आफ्नै पहलमा पत्रिका प्रकाशित गरी पत्रकारितामा होमि का सिग्देलले पत्रकारिता र राजनीतिलाई सन्तुलित गर्दै आएका थिए ।
उनले करिब लगातार १९ वर्षसम्म पोखराबाट प्रकाशित आदर्श समाज दैनिकमा आवद्व रहेका थिए ।
उनले पोखराको बाराही एफ.एम, हिमचुली एफ.एम सँगै नेपाल एफ.एम नेटवर्क, राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिक र तराइ टेलिभिजन लगायतका संचारमाध्यममा पनि काम गरेको अनुभव रहेको छ ।
हाल उनले राष्ट्र न्यूज डट कममा आवद्व रहेका छन्। विश्व प्रकाश सिग्देल र प्रभादेवी सिग्देलका जेठा छोरा सिग्देल पोखरा १३ निवासी हुन् ।यसअघि सो पुरस्कार पत्रकार राज बहादुर गुरुङ र हिमनिधि लौडारीलाई प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम