नवौं राष्ट्रिय खेलकुद : स्क्वासमा तेश्रो पटक पनि गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : स्क्वासमा तेश्रो पटक पनि गण्डकीका अमृतलाई स्वर्ण

Amrit thapa

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वासमा गण्डकीका अमृत थापा मगरले पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् ।

सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अरहन्तकेशर सिम्हलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

यो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौं र आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।

खेलमा पहिलो सेटमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते ।

दोस्रो पटक हार व्यहोरेका अरहन्तले रजत पदक प्राप्त गरे बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कांस्य पदक जिते ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ