नवौं राष्ट्रिय खेलकुदः जयरानीले जितिन् कीर्तिमानसहित दोश्रो स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः जयरानीले जितिन् कीर्तिमानसहित दोश्रो स्वर्ण

jayarani

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले व्यक्तिगत दोश्रो स्वर्ण जितेकी छन्।

पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

फाइनल चरणमा भने उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन्।

यस अघि उनले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्।

यस स्पर्धामा आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत जितिन्।

एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य पदक जतेकी छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ